News

निर्वाचन एकै चरणमा गराउन सरकारलाई आयोगको सुझाव

निर्वाचन एकै चरणमा गराउन सरकारलाई आयोगको सुझाव

निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गराउन सरकारलाई सुझाव दिएको छ । 

प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्रीले आयोजना गरेको छलफलमा आयोगका प्रमुख र सदस्यहरुले यस्तो सुझा दिएका हुन । ‘०७८ वैशाख २७ गते एकैचरणमा निर्वाचन गराउन सकिन्छ त्यसो भए खर्च कम लाग्छ’ भनेर सुझाव दिएको एक आयुक्तले वताए ।

राष्ट्रपतिले प्रतिनिधि सभा विघटनसँगै ताजा जनादेशका लागि पहिलो चरणमा ०७८ वैशाख १७ गते शुक्रबार र दोस्रो चरणमा २०७८ साल वैशाख २७ गते सोमबार प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने मिति तोकेकी छिन् ।

निर्वाचन गराउनका लागि बजेट, कानुन, सुरक्षा र कर्मचारीको पनि आवश्यकता रहेको आयोगले प्रधानमन्त्रीलाई वताएको छ ।

जवाफमा प्रधानमन्त्री ओलीले सरकार अब निर्वाचन गराउनेमा केन्द्रीत भएको वताउँदै कुनै शंका÷उपशंका नगरि निर्वाचनमा केन्द्रीत हुन आयोगलाई निर्देशन दिए। 

सरकारले सुरक्षा, पैसा, कानुन सवै चिजको ब्यवस्था गर्ने ओलीले वताए । उनले लोकतन्त्र चाहानेले निर्वाचनको विरोध नगर्ने भन्दै ढुक्क भएर तयारीमा लाग्ने निर्देशन दिए ।

विशेष