News राजनीति

संसद विघटनको संयुक्त रुपमा विरोध गर्ने निर्णय

संसद विघटनको संयुक्त रुपमा विरोध गर्ने निर्णय

नेकपासहितका तीन दलले संसद विघटनको संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेका छन् । सत्तारुढ नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद् विघटन प्रति संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेका हुन् ।

नेकपा नेताहरुको पहलमा तीन दलको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसेको थियो । उक्त बैठकमा कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।

यसैगरी, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ र जनार्दन शर्मा सहभागी थिए भने जसपा नेता बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी भएका थिए ।

संसद् विघटन गर्ने सिफारिस र राष्ट्रपतिले सदर गर्ने दुवै निर्णय गैरसंवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक भएकाले त्यसको विरोध गर्ने र विरोधमा एकताबद्ध भएर जाने निर्णय भएको जनाईएको छ ।

 
 

विशेष