News राजनीति

सभामुखको विशेष अधिकारः सम्भव छ अधिवेशन वोलाउन ?

सभामुखको विशेष अधिकारः सम्भव छ अधिवेशन वोलाउन ?


सरकारले संघीय संसदको प्रतिनिधी सभा विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटा विशेष अधिकार प्रयोग गरेर अधिवेशन वोलाउने विषयमा छलफलमा जुटेका छन् ।

सभामुख निकट स्रोतका अनुसार उनले संविधानको धारा १०३ प्रयोग गर्न सकिने/नसकिने विषयमा विज्ञ र संसदमा रहेका दलहरुसँग छलफल गरिरहेका छन् । 


संविधानको धारा १०३ मा संसदको विशेषाधिकार सम्बन्धी व्यवस्था छ । धारा १०३ को उपधारा २ मा भनिएको छ–‘यस संविधानको अधिनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन।’


सभामुखले संविधानमा उल्लेखित विशेषाधिकार प्रयोग गर्न सक्ने वा नसक्ने, कुन अवस्थामा सक्ने वा सभामुखले यो अधिकार प्रयोग गरेर अधिवेशन नै आह्वान गरेको अवस्थामा अदालतमा मुद्दा परे के हुन्छ ? भन्ने जस्ता विषयमा सभामुखले संविधानविद र कानुनविदहरुसँग परामर्श गरिरहेको श्रोतले जनाएको छ । 
 

विशेष