News

केटी जिस्क्याएको विषयमा झडप, छलफल गर्न वोलाउँदा प्रहरी चौकी तोडफोड

केटी जिस्क्याएको विषयमा झडप, छलफल गर्न वोलाउँदा प्रहरी चौकी तोडफोड

केटी जिस्क्याएको विषयमा भएको झडप समाधानका लागि वोलाईएका दुई समुहविच पुनः प्रहरी चौकीमै झडप हुँदा वैतडीमा एक जना घाईते भएका छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो। झडपका क्रममा प्रहरी चौकीमा पनि तोडफोड भएको छ । स्थानीय युवाहरुको दुई समूहबीच प्रहरी चौकीमा झडप हुँदा पञ्चेश्वरका ३० वर्षीय लोकेन्द्र चन्द घाइते भएका छन्। घाइतेको बैतडीमा उपचार हुन नसक्दा धनगढीमा रहेका माया मेट्रो अस्पतालमा रेफर गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

घाइतेको टाउको  घाँटी, ढाडमा चोट लागेको छ । अघिल्लो दिन गणमेश्वर मन्दिरमा लागेको मेलामा महिला जिस्काएको निहुँमा दुई समूहबीच झडप भएको थियो । सोहि विषयमा छलफलका लागि प्रहरी चौकीमा बोलाएका बेला पुनः झडप भएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले ६ जनालाई नियन्त्रणमा लिएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ।

विशेष