तस्करद्वारा प्रशासनलाई हातमा लिएर मलाई पक्राउ गरियोः नेता पौडेल
निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ३ घण्टापछि रिहा भएका छन् ।
ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनी पक्राउ परेका थिए । प्रहरीले उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई पनि पक्राउ गरेको थियो ।
उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको छ। पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन गरेको थियो । सरकारको विरोध र टायर बाल्दै रिहाई मागमा प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरेको थियो ।
प्रहरी नियन्त्रणवाट रिहा भएका पौडेलले केपी ओली सरकारले सुनियोजित ढंगले आफुलाई पक्राउ गरेको आरोप लगाएका छन् । ‘यो सरकार फासिजमतिर जान लागेकै हो । केपी ओली कहिल्यै पनि बहुदलका लागि लडेको मान्छे होइन’ उनले भने–‘बीपीको आन्दोलनलाई पनि ओलीले सहयोग गरेको होइन ।’
तस्करहरुलाई बोकेर पैसाका बलमा केपी ओली नेतृत्वले बहुमत ल्याएको वताएका उनले अहिले यिनैका इसारामा यस्ता गतिविधि भईरहेको उनले वताए । ‘यो लोकतन्त्रमाथि प्रहार हो, यसको प्रतिवाद देशैभरि हुन्छ’–उनले भने ।
कांग्रेसले काम गरेको केपी ओलीको सरकारलाई मन नपरेको र तस्करद्वारा प्रशासनलाई हातमा लिएर निषेधाज्ञा जारी गरी आफुलाई पक्राउ गरिएको उनको आरोप छ ।
यो पनि
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा
नेता पौडेलको गिरिफ्तारी सर्वसत्तावादको संकेत : सभापति देउवा