अर्कै प्रयोजनमा गरिएको हस्ताक्षर अविश्वासको प्रस्ताव दर्ता गर्न प्रयोग !
प्रधानमन्त्री केपी ओली विरुद्ध संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा केहि सांसदहरुको हस्ताक्षर झुक्याएर प्रयोग गरिएको पाईएको छ ।
नेकपाका कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र माधव नेपालसमुहका सांसदहरुले दर्ता गराएको अविस्वासको प्रस्तामा हस्ताक्षर भएका सांसहरुले नै ‘बिगतमा अर्कै प्रयोजनमा गरिएको हस्ताक्षर प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न प्रयोग भएको’ वताएका छन् ।
ओली विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर भएका विघटित प्रतिनिधिसभाका चारजना सांसद सोमवारको आयोजित ओली पक्षका सांसदहरुको बैठकमा सहभागी भएका छन् । भेलामा सहभागि भएका तत्कालिन एमालेको माधव नेपाल खेमाका शेरवहादुर तामाङ,यज्ञ बोगटी, बिमला विक र पूर्व माओवादीका छक्कवहादुर लामाले अर्कै प्रयोजनमा गरिएको हस्ताक्षर प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न प्रयोग भएको बताए।
आइतवार प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा पेश गरेका ९० जनाको हस्ताक्षरमा यी चारजना सांसदको पनि नाम छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित भेलामा गृहमन्त्री रामबहादुर थापा भने सहभागी भएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले आइतबार राजीनामा दिएका थिए । पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा पनि दिएका छैनन् ।