प्रचण्ड–नेपाल समुहका सांसदहरुको भेला संसद भवनमा सुरु
नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुहका सांसदहरुको भेला सुरु भएको छ । बानेश्वरस्थित संसद् भवनकै एक हलमा संघीय संसदका दुवै सदनका सांसदहरुको भेला सुरु भएको हो ।
संसद् विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिमाथि छलफल गर्न सांसदहरुको भेला वोलाईएको हो । दाहाल–नेपाल समूहको हिजो बसेको स्थायी कमिटी वैठकले संसद् विघटन गर्ने कदमलाई गैरसंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकाल्दै अध्यक्ष ओलीलाई शुसासनको कारवाही गर्ने निर्णय गरेको थियो ।
सोहि वैठकको निरन्तरतामा यो समूहले आज सांसदहरुको भेला आयोजना गरेका हो । दाहाल–नेपाल समूहका ९० सांसदले हिजो मात्रै संसद सचिवालयमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
बानेश्वरमा भेला अगाडि दाहालले सचिवालय सदस्य रामबहादुर थापासँगसमेत छलफल गरेका छन् ।