News राजनीति

‘बादल’का राजनीतिक सल्लाहकार भन्छन्– नेकपा आजदेखि दुई टुक्रा भयो

‘बादल’का राजनीतिक सल्लाहकार भन्छन्– नेकपा आजदेखि दुई टुक्रा भयो

नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले आजदेखि नेकपा दुई टुक्रा भएको बताएका छन्। गृहमन्त्रीसमेत रहेका थापाका सल्लाहकार नेकपा केन्द्रीय सदस्यसमेत हुन ।

पथिकले अध्यक्षद्वय केपी शर्मा ओलीले बालुवाटारमा र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बेग्लाबेग्लै केन्द्रीय समिति बैठक राखेपछि सग्लो पार्टी दुई टुक्रा भएको वताएका छन् ।

‘आजबाट सग्लो नेकपा दुई टुक्रा भएको छ। हामीले अहोरात्र पार्टी र यसको एकतालाई बचाइराख्न मिलेर, मिलाएर पार्टी र सरकार सञ्चालन गर्न गरिएको भगिरथ प्रयत्न बस्तुत असफल भएको छ’– उनले फेसवुकमा लेखेका छन् । उनी आफु भने दुबै भेलामा गएका छैनन।

उनले नयाँ पार्टीहरूलाई शुभकामना पनि दिएका छन्। गृहमन्त्री थापा पनि आज दुबै अध्यक्षले बेग्लाबेग्लै स्थानमा राखेको केन्द्रीय समिति बैठकमा गएका छैनन्। बादल उपाध्यक्ष बामदेव गौतम भेट्न मंगलबार दिउँसो भैंसेपाटी पुगेका थिए।

पर्थिकले आफूहरू विचार र राजनीतिको आधारमा सहि निष्कर्षमा पुगिने बताएका छन्। 

विशेष