प्रचण्ड भन्छन्– अढाइ वर्ष सचिवालय बैठकमा बोल्न पनि पाईन
नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफुलाई वोल्न पनि वन्देज लगाएको अरोप लगाएका छन् ।
मंगलवार आफू पक्षधर केन्द्रीय कमिटीको बैठकमा वोल्दै उनले एकीकरणपछिको साढे दुई वर्ष आफूलाई बैठकमा बोल्न समेत नदिइएको गुनासो गरे। ‘अढाइ वर्ष सचिवालय बैठकमा बोल्न पनि पाईन’ उनले भने–‘पार्टीको अध्यक्षलाई बोल्न पाइँदैन भनियो ।’
दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको केन्द्रीय समिति बैठकलाई भेलाको संज्ञा दिएका छन् । दाहालले पार्टीका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल आफूहरुको पक्षमा रहेको भन्दै सचिवालय सदस्यहरु वामदेव गौतम र रामबहादुर थापा पनि आफ्नो पक्षमा आउने बताए ।
गौतम र थापा दुवै पक्षका बैठकमा उपस्थित भएका छैनन् । बबरमहलमा दाहाल–नेपाल समूहको बैठक चलिरहँदा उनीहरु भैंसेपाटीस्थित गौतम निवासमा वार्तामा थिए ।