ओलीको स्थानमा माधव नेपाललाई अध्यक्ष वनाउने दाहाल–नेपाल समूहको निर्णय
नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा माधव नेपालको नाम पारित गरेको छ ।
स्थायी कमिटीको निर्णयअनुसार वरिष्ठ नेता झलनाथ खनालले नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए । आजै बसेको उक्त समुहको स्थायी कमिटीको बैठकले नेपाललाई केपी ओलीको स्थानमा अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।
भोलि बस्ने संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गर्ने प्रचण्ड माधव समूहको तयारी छ । उक्त समूहको अर्को केन्द्रीय कमिटी बैठक बिहीबार बस्नेछ ।
प्रभु साहको विरोध
केन्द्रीय सदस्य प्रभु शाहले भने माधव नेपाललाई अध्यक्ष वनाउने प्रस्तावको विरोध गरेका छन् ।
थापाथलीस्थित कार्की पार्टी प्यालेसको बैठकले निर्णय गरेपछि साहले विरोध जनाएका थिए । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेको भन्दै उक्त विषयमा छलफल नहुने बताए