चीनियाँ राजदूतले किन भेटिन् राष्ट्रपतिलाई ?
नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला नेपालस्थित चीनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् ।
मंगलवार साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको जनाईएको छ ।
राजदूत यान्छीले एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि मन्त्रालयमार्फत् समय मागेको र कोभिड–१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा कुरा गर्न खोजेको श्रोतले जनाएको छ ।
सत्तारुढ नेकपामा विवाद बढ्दा राजदूत यान्छी सकृय हुने गरेकी थिईन। तर, यसपटको विवादमा भने उनको भेटघाट देखिएको थिएन ।