वालुवाटारमा भएको गुट भेलाको वैधता छैनः नेता नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको बैठक नै आधिकारिक भएको र वालुवाटारमा गुटको भेला मात्रै भएको बताएका छन् ।
मंगलबार बबरमहलमा आयोजित केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता नेपालले बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएको विषयमा प्रतिक्रिया जनाएका हुन् । उनले वालुवाटारमा सानो गुटको भेला भएको उल्लेख गर्दै आफूहरुको भेला नै आधिकारिक रहेको दावी गरे ।
नेता नेपालले मंगलबारको बैठक स्मरणीय समते हुने बताए । अध्यक्ष ओली सचिवालय र स्थायी कमिटीको बैठकमा उपस्थित नभएपनि अर्को वैठकमा उपस्थित हुने उनले वताए ।
नेकपाका केन्द्रीय सदस्यहरुको वास्तविक संख्या ४४१ भएको बताउँदै आफूहरुको बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य रहेको बताए । उनले बालुवाटार बैठकको वैधता समेत नरहने बताए ।