News राजनीति

प्रधानमन्त्रीको कदम विरुद्ध कांग्रेस सडकमा जानुको विकल्प छैनः गगन थापा

प्रधानमन्त्रीको कदम विरुद्ध कांग्रेस सडकमा जानुको विकल्प छैनः गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय विरुद्ध सडकमा जानुको विकल्प नरहेको वताएका छन् ।

पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले ओलीको कदम असंवैधानिक भनिसकेपछि सडकमा जाने विषयमा खुट्टा कमाउन नहुने पनि वताए ।

‘पदाधिकारी बैठकले असंवैधानिक कदम भनेको हो कि होइन ?  हो भने अहिले किन चुनावको कुरा गरेको ? असंवैधानिक कदम भनिसकेपछि चुनावमा जानुको के अर्थ छ’ उनले भने–‘अब अहिले अदालतको आदेश कुरौँ भन्नुको अर्थ छैन। छाडातन्त्र पाराले चल्दैन ।’

‘निर्वाचनमा जाने विषयमा नजाऔँ भन्ने कोही नभए पनि कांग्रेस पदाधिकारी बैठकले असंवैधानिक भनिसकेपछि कि त त्यो निर्णय सच्याउनु पर्यो होईन भने सडकमा जानु पर्यो’ भन्दै उनले नेतृत्वको ध्यानाकर्षण गराए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पुन ः१ बजे बस्ने गरी सकिएको छ । वुधवारको वैठक प्रतिनिधिसभा विघटनमा केन्द्रीत रहेको थियो । वैठकमा थापा, बलबहादुर केसी, आनन्द ढुंगाना र रामशरण महतले आफनो धारणा राखेका थिए ।

कांग्रेस नेताहरुले कांग्रेस दुई धारमा नभएको भन्दै संसद विघटनको कदम असंवैधानिक रहेकाले राजनीतिक रुपमा प्रतिवाद गर्छौ भनेर कांग्रेसले सार्वजनिक रुपमै भनिसकेको बताएका छन् । नेताहरुले जसपा र नेकपासंग पनि कांग्रेसले छलफल गरेको बताउँदै यसको विरुद्धमा प्रष्ट रुपमा उभिने समेत बताए ।

पुस ९ गते बस्ने बैठकले उक्त निर्णय विरुद्ध देशब्यापी प्रदर्शन गर्न मिति तय गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । 

विशेष