प्रधानमन्त्री ओली र गृहमन्त्री थापा विच भेटघाट
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विच वुधवार बालुवाटारमा भेट भएको छ ।
संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उनले पहिलो पटक ओलीलाई भेटेका हुन् । पार्टीमा उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये उनी कुनै समूहमा नदेखिएका थिएनन्।
थापालाई उनी पक्षका नेताहरुले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् । पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर मंगलबार बिहान प्रचण्डले बादललाई भेट्दै आफूलाई साथ दिन आग्रह गरेका थिए ।
मंगलबार दिउँसो १ बजे प्रचण्ड–माधव नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष वनाएको छ ।