News

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको सुनुवाई संवैधानिक इजलासमा

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको सुनुवाई संवैधानिक इजलासमा

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाई संवैधानिक इजलासबाट गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाईपछि आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुने आदेश जारी भएको हो ।

संसद विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाइ सर्वोच्चमा एक दर्जन रिट दायर भएका छन् ।

रिट दायर गर्नेहरुमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, समृत खरेल, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, कमल खत्री, मणिराम उपाध्याय, अमिता गौतम पौडेल, दीपक राई र तुलसी सिंखडा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन् । 
 

विशेष