गल्ती स्विकार्दै माफी मागेर फर्किए ओलीलाई पार्टीमा स्वागत गर्छौः नेपाल
नेकपा (दाहाल–नेपाल समुहा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले गल्ती स्वीकार गरेर माफी मागे पार्टीम स्वागत गरिने बताएका छन् ।
ओलीलाई केन्द्रीय अध्यक्षबाट मात्रै हटाइएको तथा केन्द्रीय सदस्य र संगठित सदस्यबाट नहटाइएको वताएका उनले आफ्ना गल्ती स्विकार्दै माफी मागेर फर्किए पार्टीमा आउन स्वागत गर्ने वताए ।
उनले संसद विघटनको निर्णय बदल्न ओलीले त्यस्तै कदम चाल्ने आफ्नो अपेक्षा रहेको पनि बताएका थिए । नेपालले पार्टी अध्यक्ष ओलीलाई पार्टीको अन्तरिम विधान बमोजिम कारबाही गरिएको वताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता बनाउने प्रस्ताव आफ्नो पक्षको संसदीय दलको बैठकमा पेस गर्दै उनले ७२ प्रतिशत सदस्य उपस्थित बैठक वैधानिक हुन्छ कि सानो गुट भेला वैधानिक हुन्छ भन्ने प्रश्न पनि गरे ।
उनले मंगलबार आफूहरुको बैठकमा ७२ प्रतिशत केन्द्रीय सदस्य उपस्थित भएको दावी गरेका थिए । राष्ट्रपतिले पनि आफ्नो पदअनुरुपको भूमिका निर्वाह नगरेको भन्दै त्यस्को आलोचना गरे ।