नेकपावाट एउटा गुट चोईटियो, मैले मुल नेतृत्वलाई सघाएँ : वादल
नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (वादल) ले नेकपाबाट एउटा गुट चोईटिएको र आफु मुल समुहमा रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी ओली खेमाको नेकपा बैठकमा बोल्दै थापाले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन आफुले मूल नेतृत्व (केपी शर्मा ओली) लाई साथ दिएको वताए ।
जनचाहना विरुद्ध पार्टीका गुट बाहिरिएकाले उनीहरुलाई एकवद्ध बनाउने अभिभारा पनि आफुहरुसँगै रहेको उनले बताए । थापाले भने– ‘कम्युनिष्ट फुटाउन खोज्नेहरू सफल देखिएका छन्। त्यसैले यसमा गुटतिर लागेर जानेहरुले बुझेर निर्णय लिनुहुने र सँगै अघि बढ्ने अवस्था आउने छ।’
पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको उनले बताए । अब उनीहरू फेरि निर्वाचनमा भाग लिन सँगै आउने दावी पनि थापाको छ ।
‘आज बालुवाटारमा मूल नेकपाको बैठक छ भने गुटको बैठक कार्की पार्टी प्यालेसतिर भइरहेको छ,’ उनले भने, ‘पार्टीको नेतृत्वलाई जोगाउन आफू लाग्ने र गुटहरूलाई हावी हुन दिने छैन । असारधारण अवस्थामा नेतृत्वले असाधारण निर्णय लिनुपर्ने भएकाले ओलीको नेतृत्वलाई सघाउन म सबैलाई आह्वान गर्छु ।’
पार्टीको विवादमा कतै नखुलेका र पछिल्लो समय दुवै पक्षका बैठकमा सहभागी नभएका थापा विहिबार ओलीको पक्षमा देखापरेका हुन् ।