News राजनीति

मदनलाई साक्षी राखेर दाहाल, नेपाल र खनालको कसमः विगतको गल्ती दोहोरिदैन

मदनलाई साक्षी राखेर दाहाल, नेपाल र खनालको कसमः विगतको गल्ती दोहोरिदैन

नेकपा (दाहाल–नेपाल) समुहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुस्पकममल दाहाल प्रचण्डसहितको टोली केन्द्रीय कमिटी बैठक सकिएलगत्तै बबरमहलबाट सीधै मदननगर बल्खु पुगेको छ । टोलीमा वरिष्ठ नेता झलनाथ खनालसमेत थिए ।

जननेता मदनकुमार भण्डारीको सालिकमा माल्यार्पण गरी तिनै त्रय नेताले पार्टीलाई एकढिक्का बनाएर लैजाने कसम खाएका छन् । 

प्रचण्डले आफू पार्टीमा विगतको गल्ती दोहो¥याउने पक्षमा नरहेको भन्दै एकताबद्ध बनाएर अघि बढ्ने बताए । उनले नेकपा वनेपछि पार्टीलाई एकढिक्का वनाएर अघि वढ्न नसकिएको भन्दै अवका दिनमा त्यस्ता कमजोरी आउन नदिने वताए ।


अध्यक्ष माधवकुमार नेपालले केपी ओलीबाट कल्पनै गर्न नसकिने राजनितिक धोका भएको वताए । ओलीवाट यति हदको अलोकतान्त्रिक र निकृष्ट व्यवहार होला भन्ने आफूहरुले कहिल्यै कल्पना समेत नगरेको उनको भनाई थियो । पार्टीलाई अव एकढिक्का वनाएर अघि वढ्ने र दृढतापूर्वक अघि बढ्ने नेपालले बताए ।

वरिष्ठ नेता झलनाथ खनालले केपी ओली अहिलेसम्म कम्युनिष्ट नै बन्न नसकेको भन्दै आलोचना गरे।

विशेष