News राजनीति

सल्लाहकार समेतले साथ छोडेपछि ‘वालद’ एक्लै ओलीतिर !

सल्लाहकार समेतले साथ छोडेपछि ‘वालद’ एक्लै ओलीतिर !

नेकपा विभाजनका क्रममा दुवैतिर देखा नपरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीतिर खेमा तिर लागेका छन्। तर, उनको समुहका अन्य कुनै पनि नेताले उनलाई पछ्याएनन् । 

प्रतिनिधि सभा विघटनको चार दिनसम्म पनि उनी कता जाने भन्नेमा द्विविधामा थिए । दुई मध्ये एक समुह रोज्न उनलाई लामो समय लागेको थियो । तर, ३/४ दिनको छलफलपछि उनले ओलीलाई रोजेका हुन्। 

एक केन्द्रीय सदस्यका अनुसार बादल ओली पक्षमा लागेको पुष्टि भएको छ । तर, बादलनिकट अन्य नेताहरु भने प्रचण्ड–नेपाल पक्षमा लागेको उनले जानकारी दिए ।

वादलका राजनीतिक सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’सहित उनको पूर्वसमूहमा रहेका सबै नेताहरू प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा लागेको श्रोतले जनाएको छ ।

यसैगरी ‘बादल’निकट कर्णालीका दुई जना सांसदले पनि दाहाल–नेपाल समुहलाई साथ दिएका छन् । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका नरेश भण्डारी र सांसद कृष्णा शाहले बादलको साथ छाडेका हुन्।

भण्डारी जुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद हुन् भने शाह जाजरकोट निर्वाचन क्षेत्र १ बाट प्रतिनिधित्व गर्ने समानुपाति सांसद हुन्।
 
यसअघि बादललाई आफ्नो पक्षमा आउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक मन्त्रीक्वार्टर पुल्चोक पुगेका थिए। 

बादल र प्रधानमन्त्री ओलीबीच मंगलबार र बुधबार बालुवाटारमा लामो छलफल भएको थियो। 
 

विशेष