झारफुकको बहानामा बलात्कार गर्ने धामी पक्राउ
झारफुक गर्ने बहानामा एक महिलालाई वलात्कार गर्ने धामी पक्राउ परेका छन् ।
काठमाण्डौंकी ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शंखरापुर नगरपालिका ६, सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २, हैबुङका ४६ वर्षीय भीमबहादुर सुनार पक्राउ परेका हुन् ।
सुनारले ती महिलालाई झारफुक गर्न भन्दै वोलाएर सलम्बुटारस्थित टहरोमा लगेर बलात्कार गरेको प्रहरीको आरोप छ । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।