News

केन्द्रीय कमिटी बैठकअघि दाहाल–नेपाल समुहका नेता छलफलमा 

केन्द्रीय कमिटी बैठकअघि दाहाल–नेपाल समुहका नेता छलफलमा 

नेकपा (दाहाल–नेपाल समुह) को केन्द्रीय कमिटी बैठक अगाडि नेताहरु छलफलमा लागेका छन् । 
स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार दिउसो १२ बस्ने स्थायी कमिटी र १ बजे बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा र आगामी रणनीति तयका लागि छलफल भइरहेको छ। 

नेकपाको जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ आगामी रणनीति तयका लागि छलफलमा छन् ।

यसअघि ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाइए पनि नेताहरुबीच छलफलका लागि भन्दै १ बजेका लागि बैठक सारिएको हो । यो समूहबाट महासचिव कसलाई बनाउने भन्नेबारे पनि छलफल भएको भुसालले बताए । महासचिवका लागि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, भीम रावल, पर्षमान पुनलगायतको चर्चा छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटीको बैठक पनि १ बजे नै बालुवाटारमा बोलाइएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि एक बनेको नेकपा २ टुक्रा भइसकेको छ । 
 

विशेष