News राजनीति

दाहाल–नेपाल समुहको वैठकमा झाँक्री हावी, समितिको नाममै फरक मत

दाहाल–नेपाल समुहको वैठकमा झाँक्री हावी, समितिको नाममै फरक मत

नेकपा (दाहाल–नेपाल) को विहिवार ववरमहल स्थित कार्की पार्टी प्यालेसमा सम्पन्न वैठकमा नेतृ रामकुमारी झाँक्री हावी भएकी छिन् । वैठकमा संसद विघटन विरुद्ध आन्दोलन परिचालन समिति गठन गर्ने प्रस्ताव पारित भएको थियो ।

नेतृ झाँक्रीले कमिटीको नाममा फरक मत राखिन। आन्दोलन परिचालन समिति नभई प्रतिगमनविरुद्धको आन्दोलन समिति बनाउनुपर्ने उनको मत थियो । अन्नतः झाँक्रीको मतअनुसार नै आन्दोलन समितिको नाम केन्द्रीय कमिटीबाट पारित भएको जनाईएको छ ।

आन्दोनलका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ ।

आन्दोलन परिचालनका लागि सोही समितिबाट सानो सचविालय गठन हुने र प्रदेशमा काम संचालन गर्न स्थायी कमिटी र प्रदेश कमिटीका पदाधिकारीले काम थाल्ने निर्णय भएको छ। यसैगरी, प्रदेशका पदाधिकारीले एक हप्ता भित्र प्रदेश कमिटी बैठक राख्नु पर्ने निर्देशन समेत बैठकले दिएको छ । 

विशेष