बादलसँग सकिएन, वामदेवसँग कुरा हुँदैछः प्रचण्ड
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामवहादुर थापा बादललाई आफ्नो समूहमा ल्याउन नसकेको वताएका छन् । कार्की पार्टी प्यालेसमा भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले वामदेवसँग भने कुरा भइरहेको बताए।
बादलसँग रहेका सबै सदस्य आफूहरुको टिममा आएको बताउँदै बादललाई ल्याउन नसकेको जानकारी गराएका थिए । बादल बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।
‘बामदेव गौतम र बादल कमरेडलाई आउन आग्रह गरेको थिएँ, आउनु भएन’ उनले भने–‘बामदेव कमरेड सकारात्मक हुनुहुन्छ तर बाललाई लिएर आउन सकिएन’ ओलीको बैठकमा सहभागी २३ जना फर्किइसकेको उनले जानकारी दिए ।
सरकारले संसद विघटन गरेपछि दुई कित्तामा विभाजित नेकपाको कुन कित्तामा लाग्ने भन्नेमा बादल केही दिनसम्म अनिर्णित बसेका थिए । तर उनी बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली समूहको भेलामा सहभागी भएका छन् ।