News राजनीति

प्रचण्डको कार्यकारी अधिकार खोसियो, ओली एकल अध्यक्ष

प्रचण्डको कार्यकारी अधिकार खोसियो, ओली एकल अध्यक्ष

नेकपाका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) को कार्यकारी अधिकार खोसिएको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले दाहालले प्रयोग गर्दै आएको कार्यकारी अधिकार खारेज भएको सूचनासहित संशोधित विधान निर्वाचन आयोगमा दर्ता गराएको छ ।

प्रधानमन्त्री ओलीका कानुनी सल्लाहकार बाबुराम दाहालले ‘विगतमा अर्का अध्यक्षले प्रयोग गर्दै आएको जिम्मेवारी प्रयोग गर्न पाउने दफा विधानतः बदर भएको’ लिखित जानकारी आयोगलाई दिएको वताए। अब प्रथम अध्यक्षको हस्ताक्षरमा मात्रै आधिकारिक निर्णय हुनेछ ।

त्यसैगरी, अध्यक्षले केन्द्रीय समितिका सदस्यहरू मनोनित गर्न पाउने र केन्द्रीय समितिबाट अनुमोदन गरे पुग्ने ब्यवस्था छ ।संशोधित विधान र ११९९ सदस्यीय सूची पनि बुझाएको जानकारी दाहालले दिए । 
 

विशेष