नेकपा विवादः माधव नेपाललाई सम्पत्तिकै चिन्ता
नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाका नाममा भएको सम्पत्ति आफूहरुको हुने दाबी गरेका छन् ।
कार्की पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा वौल्दैन नेपालले ‘नेकपाका नाममा भएको सम्पत्ति हाम्रो हुन्छ। प्राइभेट कम्पनी छ भने हाम्रो हुँदैन । उतै रहोस्’ भने। उनले प्रधानमन्त्री केपी शर्मा ओलीमा ‘दास’को मान्यता भएको आरोप लगाए ।
उनले भने–विभिन्न क्लब, प्रालि र फाउण्डेशनहरुका सम्पत्तिमा हामी दाबी गर्दैनौं तर नेकपाको नामका सम्पत्ति र कार्यालय हाम्रा हुन् ।
प्रधानमन्त्री तथा अर्को नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू नै नेकपाको वैधानिक र पहिलो अध्यक्ष रहेको भन्दै पार्टीका सबै कार्यालय र सम्पत्ति प्रचण्ड–माधव नेपाल समूहको दाबी नलाग्ने बताएका थिए ।
यसैगरी, वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोमन सर्पको संज्ञा दिएका छन् । ओली इबी साँध्ने व्यक्ति भएको बताएका उनले भने– ‘उहाँ गोमन सापजस्तै हो।’