News

नेकपा विवादः अनेरास्ववियूका सहसंयोजकद्वारा संयोजकलाई कारवाही

नेकपा विवादः अनेरास्ववियूका सहसंयोजकद्वारा संयोजकलाई कारवाही

नेकपाको माउ पार्टीमा एक अर्कालाई कारवाही गर्ने क्रम चलिरहदा अनेरास्ववियूका संयोजक ऐन महर पनि कारवाहीमा परेका छन् । उनलाई सहसंयोजक रञ्जित तामाङले कारवाही गरेका छन्।

पार्टीमा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकले अर्कोलाई कारबाही गर्न थालेपछि विद्यार्थी संगठनमा पनि त्यसको असर देखिएको हो ।

गत पुस ७ गते बसेको प्रचण्ड नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ओलीलाई अनुशासनको कारवाही गर्दै अध्यक्षबाट हटाई वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष बनाएको थियो। प्रचण्ड–नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएपछि लगत्तै फेरि ओलीले अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएका थिए। 

विद्यार्थी संगठनमापनि तामाङले  विधि पद्यती विपरित गुटको भेला संम्मेलन गर्दै पार्टी फुटको पक्षमा ओकलात गर्दै हिडेको भन्दै महरलाई शुक्रबार कारबाही गरेका हुन्। अनेरास्ववियूका कुल ३ सय ३५ जनामध्ये २ सय १७ जनाको बहमुतले निर्णय गरी हटाएको तामाङले बताए। 
 

विशेष