शेरधन राई विरुद्ध आउला त अविश्वास प्रस्ताव ?, यस्तो छ जोडघटाउ
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव ल्याएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि संकटमा परेका छने । दाहाल–नेपाल समूहले प्रदेश–१ मा पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको छ ।
अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको तर, त्यो बेलासम्म प्रदेश सभा रहन्छ की रहँदैन भन्ने आशंका रहेको एक सांसदले वताए । ‘बागमतीको घटनाले आत्तिएर प्रधानमन्त्रीले प्रदेश सरकार र प्रदेश सभा भंग गर्ने खतरा छ।
दाहाल–नेपाल समूहका एक केन्द्रीय सदस्यले प्रदेश सभाकै बहुमत आफूहरूसँग रहेको दाबी गरे। प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन्। जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन्।
एक नेताका अनुसर अहिले पूर्व एमालेका २८ जना सांसद खलेर दाहाल–नेपाल पक्षमा लागेका छन भने ४ जना सांसद मौन छ। उनीहरु पनि दाहाल–नेपाल समुहमा नै लाग्ने र पूर्वमाओवादीको १६ समेत जोड्दा सरकार वनाउन पर्याप्त हुने उनको दावी छ ।
२०७४ मा प्रदेश सभामा नेकपा एमाले संसदीय दलको निर्वाचन हुँदा अहिलेका मुख्यमन्त्री शेरधन राई विजयी भएका थिए। उनले एमालेका तत्कालीन सचिव भीम आचार्यलाई २ मतले हराएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका राईले २६ मत पाउँदा माधव नेपालनिकटका आचार्यले २४ मत पाएका थिए। एकमत बदर भएको थियो।
बिहीबार बसेको ओली समूहको वैठकले प्रदेश १ का इन्चार्ज रहेका भीम आचार्यलाई उक्त पदवाट हटाईसकेको छ । उनको ठाउँमा सुवास नेम्वाङलाई संयोजक वनाईएको छ ।