News

प्रभु साहले किन छोडे दाहाल–नेपाल क्याम्प ?

प्रभु साहले किन छोडे दाहाल–नेपाल क्याम्प ?

पार्टीमा दुई अध्यक्ष राख्ने ब्यवस्था विरुद्ध फरक मत राख्दै आएका नेकपा सांसद एवं केन्द्रीय सदस्य  प्रभु साहले दाहाल–नेपाल समूह छोडने निर्णय गरेका छन् ।

पार्टीमा दुई अध्यक्ष र माधव कुमार नेपाल अध्यक्ष बनेपछि साह असन्तुष्ट थिए । मंगलबार र बिहीबार दुई दिन बसेको दाहाल–नेपाल समूहको बैठकमा साह सहभागी भएका थिए ।


पार्टीमा दुई अध्यक्ष राख्नु हुँदैन भनेर उनले फरक मत राखेका थिए । तर, आफनो कुराको सुनुवाई नभएको भन्दै उनले सार्वजनिक वक्तव्य समेत दिएका थिए।

नेकपाको अन्तरसंघर्षमा साह तटस्थ रहँदै आएका थिए। रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित साह माधव नेपालसँग पार्टी एकतादेखि नै असन्तुष्ट बन्दै आएका थिए। ओली समूहमा लागेका साह मन्त्री वन्ने तयारीमा रहेको श्रोतले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले ८ जना नयाँ अनुहार थपेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन् । बिस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादीतर्फका धेरैलाई समेट्न लागिएको जनाईएको छ । पूर्व माओवादीबाट टोपवहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ मन्त्रीको सूचीमा छन् । त्यस्तै पूर्व एमालेबाट प्रेम आले, गणेश ठगुन्ना र विमला विकको नाममा छलफल भएपनि टुंगो लाग्न बाँकी रहेको वालुवाटार स्रोतले जनाएको छ ।

विशेष