News राजनीति

प्रचण्ड–माधवको आक्रोशः ओली चोर देश छोड्, बयलगाडा चढेर अमेरिका जा

प्रचण्ड–माधवको आक्रोशः ओली चोर देश छोड्, बयलगाडा चढेर अमेरिका जा

नेकपा (दाहाल–नेपाल) समुहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विरुद्ध नारावाजी गरेको छ । विरोधमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेता÷कार्यकर्ताहरु सहभागी छन् ।

दाहाल–नेपाल समुहका नेता कार्यकार्ताले ‘ओली चोर देश छोड्, बयलगाडा चढेर अमेरिका जा’ भन्दै नारा लगाएका छन् । ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेजी’को माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका उनीहरुले बिहानदेखि विरोध प्रदर्शन सुरु गरेका हुन् । 

उनीहरुले ‘असंवैधानिक कदम मान्दैनौं’, ‘संसद अविधेशन सुचारु गर’, ‘असंवैधानिक हर्कत बन्द गर’, ‘प्रतिगामी हर्कत बन्द गर’ जस्ता नारा लगाइरहेका छन् । उनीहरुको नारा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध केन्द्रित छ ।

यसैगरी, ’ओली चोर देश छोड्, बयलगाडा चढेर अमेरिका जा, ओलीको पाराले दुख पाए साराले, गणतन्त्र विरोधी मुर्दावाद, प्रतिगमनकारी मुर्दावाद, असंवैधानिक कु खारेज गर, नेकपा एकता जिन्दावाद लगायतका नारा लगाएका छन् । 
 

विशेष