News

आजै मन्त्रीमण्डल हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी

आजै मन्त्रीमण्डल हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्।

प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। यसबीचमा सात जना मन्त्रीले प्रतिनिधि सभा विघटनको विरोधमा राजीनामा दिएका छन्। 

प्रधानमन्त्री ओलीले आजै मन्त्रीमण्डल हेरफेर गर्ने बताइएको छ। सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएपछि खाली भएका मन्त्रालयमा ओलीले आफूसँग आएका केही नेतालाई मन्त्री बनाउन लागेका छन्।  

गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो।
 

विशेष