News

प्रधानन्यायाधीश भन्छन्– संसद् विघटनको व्यवस्था हिजो पनि थियो, अहिले पनि छ

प्रधानन्यायाधीश भन्छन्– संसद् विघटनको व्यवस्था हिजो पनि थियो, अहिले पनि छ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानमा संसद् विघटनको सिद्धान्त राखिएको वताउँदै ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ । तर, माध्यम के हो’ भन्दै कानुन ब्यवसायीसँग प्रश्न गरेका छन् ।

यसैगरी, जनताबाट निर्वाचित भएको राजनीतिक दलले सरकार नचलाएर फेरि जनतामा जान्छु भन्दा पनि ‘तिमी सरकार नै चलाऊ भन्ने हो ?’ भन्दै उनले अर्को प्रश्न गरेका छन् ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारे निवेदकका तर्फबाट कानुन व्यवसायी रुद्र शर्माले नेकपाले बहुमत प्राप्त गरेकाले संविधानअनुसार यसरी संसद् विघटन गर्न नमिल्ने धारणा राखेपछि जबराले यसरी एकपछि अर्को प्रश्न गरेका हुन् ।

जवराले सोधे–‘संविधानको धारा ७६ उपधारा १ अनुसार बहुमत प्राप्त गरेर सरकार गठन भयो । अब म सरकार चलाउँदिनँ, म जनतामा जान्छु भन्यो भने अनिवार्य तिमीले नै सरकार चलाऊ भन्ने होर?’

नेकपाको सरकार बहुमतको भएको र उक्त दलले नै चुनावमा जाने भनेकाले अर्को सरकार गठनको विकल्प नभएको भन्दै प्रधानन्यायाधीशले कानुन व्यवसायीलाई संविधानमा त्यसको विकल्पबारे कस्तो व्यवस्था छ भनेर सोधेका हुन्।
 

विशेष