News राजनीति

प्रचण्ड भन्छ- निर्ममतापूर्वक लोकतन्त्रको हत्या गर्न खोजिएको छ

प्रचण्ड भन्छ- निर्ममतापूर्वक लोकतन्त्रको हत्या गर्न खोजिएको छ

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र धरापमा पारेको र अदालतले त्यसलाई असंवैधानिक घोषणा गर्ने विस्वास ब्यक्त गरेका छन्।

पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,–‘अदालतप्रति हाम्रो भरोसा छ।’ अदालतले संविधानको मर्म र भावना, जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक छ भन्ने फैसला गर्छ भन्नेमा आफु विश्वस्त रहेको उनले वताए ।

संविधान सभा विघटनको मुद्दा अदालतसँगै जनता र सडकमा गएको पनि उनले बताए । आफ्नो पार्टी सडकमा आएको र अरु दलसँग मिलेर संयुक्त संघर्ष गर्ने तयारीमा रहेको उनको भनाई छ ।

संविधानविपरीत प्रतिनिधिसभा विघटन हुनु लोकतन्त्रको हत्या जस्तै भएको दाहालको टिप्पणी छ । ‘निर्ममतापूर्वक लोकतन्त्रको हत्या गर्न खोजिएको छ, संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर असंवैधानिक र निरंकुशता झल्कने प्रष्ट संकेत साथ प्रतिनिधिसभा विघटन गरिएको छ। त्यतिबेला गणतन्त्र असम्भव छ भन्ने हाम्रा प्रधानमन्त्री गणतन्त्र धरापमा पार्ने कामको पहल गर्नुभयो।’–उनले भने।
 

विशेष