News राजनीति

‘ओलीले अदालत पनि विघटन गरेँ भन्ने र राष्ट्रपतिले हस्ताक्षर गर्ने हो भने के हुन्छ ?’ 

‘ओलीले अदालत पनि विघटन गरेँ भन्ने र राष्ट्रपतिले हस्ताक्षर गर्ने हो भने के हुन्छ ?’ 

नेकपा दाहाल–नेपाल समूहका नेता तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पाण्डेले संसद विघटनबारे संवैधानिक र कानूनी बन्दोबस्त र नजिरहरुलाई हेरेर फैसला गर्न अदालतलाई खबरदारी गरेका छन् ।

शनिबार धादिङ काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कसैको अनुहार हेरेर होइन, संविधान र कानून हेरेर निर्णय गर्न अदालतलाई आग्रह गरे । उनले भने, ‘अनुहार हेरेर निर्णय गर्नुभयो भने यो देशले दुःख पाउनेछ । तपाईहरु पनि त्यसबाट अछुतो रहनुहुने छैन ।’

संसद पुनर्स्थापना हुनेमा आफु विश्वस्त रहेको पनि उनले वताए । ‘हामीलाई विश्वास छ, तपाईहरु त्यसबाट दायाँबायाँ जानुहुन्न’ न्यायाधिसहरुलाई संकेत गर्दै उनले भने–‘किनकी संविधानले यसरी संसद विघटनको परिकल्ना गरेकै छैन।’

पार्टीको बहुमत सदस्य आफूहरुसँग भएकाले नेकपा र सूर्य चिन्ह दाहाल–नेपाल समुहमा नै रहने उनले वताए । तर, प्रतिक्रियावादीहरुको बोलबाला रहेको र उनीहरुको षड्यन्त्रको शिकार देश हुनसक्नेतर्फ सचेत हुनुपर्ने उनको भनाई छ । 

नेता पाण्डेले प्रधानमन्त्री ओलीलाई नयाँ राजा बन्ने प्रयास नगर्न चेतावनी पनि दिए। प्रतिनिधिसभा विघटनसँगै प्रधानमन्त्री ओलीको ओरोलो यात्रा सुरु भएको उनले बताए । ‘संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरिएकाले संसद पुनस्र्थापना हुनैपर्छ’ उनले भने–‘कुनै प्रवन्ध विना जे पनि गर्ने हो भने त्यो र यसमा केहि फरक छैन। ओलीलीले अदालत पनि विघटन गरेँ भन्ने र राष्ट्रपतिले हस्ताक्षर गर्ने हो भने के हुन्छ ?’– उनले प्रश्न गरे । 

विशेष