News राजनीति

ओलीको नाममा प्राप्त जनमतलाई प्रचण्डले अपहरण गर्न खोजेः मुख्यमन्त्री पोखरेल

ओलीको नाममा प्राप्त जनमतलाई प्रचण्डले अपहरण गर्न खोजेः मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी ओलीको नाममा प्राप्त भएको जनमतलाई प्रचण्डले दल बाहिरबाट साँठगाँठ गरि अपहरण गर्न खोजेकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेतासमेत रहेका पोखरेलले नेकपाको बैधानिकता आफूहरुलेनै पाउने र सर्बोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई संवैधानिक मान्यता दिने दावी गरेका छन् ।

शनिवार आयोजित एक कार्यक्रममा वोल्दै पोखरेलले अब ४ सय सदस्यीय होइन १२ सय सदस्यीय नेकपा र केपी ओली नै संस्थापन हुने बताए । नेकपा विभाजन र प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुका धेरै पृष्ठभूमिहरु भएपनि पछिल्लो अवस्थाको बारेमा भने सबै प्रष्ट हुन आवश्यक रहेको उनको भनाई थियो ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट अध्यक्ष केपी शर्मा ओली विरुद्ध अभियोगपत्र प्रस्ताव पेश हुनु नै पार्टी विभाजनको आधार भएको उनको जिकिर छ । उनले भने–‘आजको संकटको कारकतत्व नै त्यही हो ।’

पार्टी एकताको मर्म, पार्टी विधानको बेवास्ता, आम जनता र कार्यकर्ताको भावनालाई लत्याएर अध्यक्षमाथि संगीन आरोप लगाएर पदच्यूत गर्ने षडयन्त्र गरिनुनै वर्तमान अवस्थाको कारक तत्व भएको उनको भनाई छ । ‘वास्तवमा पार्टी जसरी एकीकरण भएको थियो त्यसपछि एकताको आधार तयार गर्ने काम नेतृत्वका तर्फबाट हुँदै भएनन् । मैले पार्टीका बैठकहरुमा पटक पटक भन्ने गरेको थिएँ, तपाईहरुले ऐतिहासिक काम त गर्नुभयो तर यसका आधार जोगाउने र भावनात्मक रुपमा एकीकरण गर्नेतर्फ काम भएनन्’ उनले भने–‘यसले कुनै पनि बेला यो एकता भंग हुनसक्छ भनेर सचेत गराउन खोजेको थिएँ ।’


पार्टी एकता सम्पन्न गर्नेमा प्रचण्डले कहिल्यै ध्यान नदिएको तथा शक्ति आर्जन गर्ने र पूर्व एमालेको समूहबन्दीलाई आफ्नो पक्षमा पार्ने रणनीतिका रुपमा मात्रै प्रयोग गरेको उनले आरोप लगाए ।

विशेष