News देश

चीनविरुद्ध सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानियको प्रदर्शन

चीनविरुद्ध सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानियको प्रदर्शन

सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानियवासीले चीन विरुद्ध प्रदर्शन गरेका छन् ।

चीनको अघोषीत नाकाबन्दीका कारण स्थानीयको रोजिरोटी हराएको र सर्वसाधारणको जिवनचर्या प्रभावित भएको भन्दै प्रदर्शन गरिएको हो । 

प्रदर्शनमा सहभागी स्थानीयबासी तथा नेपाली काँग्रेसको भातृ संठगन तरुणदलका जिल्ला अध्यक्ष दोर्जे लामाले स्थानीयको समस्या समाधानका लागि राज्यको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको वताए । ‘यो हाम्रो रहर होईन, वाध्यता हो’ उनलेभ भने–‘यहाँका सर्वसाधारणको आवाज सरकारले नसुने यो भन्दा कडा आन्दोलन गर्न हामी वाध्य हुन्छौं ।’

छिमेकी मुलुक चीनले नाका खुला भएको जनाएपनि व्यवहारमा त्यस्तो नदेखिएको वताएका उनले भने–‘उसको खुसीले खुल्ने र उसको खुसीले बन्द गर्ने काम भइरहेको छ । नाका खुला भनिएपनि अहिले अघोषित नाकाबन्दी कायमै छ । यसले व्यवासायी तथा मजदुरको रोजीरोटी गुमेको छ । भोको पेटमा लात हान्ने काम भएको छ ।’

विशेष