ओलीका मन्त्रीलाई गाउँपालिका अध्यक्षको चुनौती–आउनुहोस् जनमत परिक्षण गरौं
प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी मान्छे वटुलेर मन्त्री परिषद विस्तार गरेको भन्दै एक गाउँपालिका अध्यक्षले ति मन्त्रीलाई आफुसँग चुनाव लड्न चुनौती दिएका छन् ।
ओलीको क्याविनेटका श्रममन्त्री गौरीशंकर चौधरीलाई कैलालीको कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले आफुसँग चुनाव लड्न चुनौती दिएका हुन् ।
नेकपाको दाहाल–नेपाल समुहमा रहेका गौरीशंकरले केही दिन अघिसम्म आफूनिकटका कार्यकर्तालाई भेला गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका थिए। उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको बताउँदै चर्को विरोध गरे ।
तर, अचानक उनी ओली क्याबिनेटमा मन्त्री बनेको अरुले पत्तै पाएनन्। जव उनी मन्त्री वनेको जिल्लावासीले जानकारी पाए, तव सवै आस्चर्यमा परेका छन् । २/४ दिनअघिसम्म ओलीको चर्को आलोचना गरेको मान्छे उनकै क्याविनेटमा मन्त्री वन्न जानु आस्चर्यको विषय भएको स्थानीयहरु वताउन्छन् । यसै आस्चर्यका कारण लाजुरामले उनलाई आफुसँग चुनाव लड्न चुनौती दिएका हुन ।
‘मङसिर ५ गते कार्यकर्तालाई भेला गरेर असंवैधानिक कदमप्रति लड्नुपर्छ भन्न्ने मान्छे मन्त्री वन्नु भएछ’ लाजुराम चौधरीले भने, ‘हामीलाई प्रधानमन्त्री ओलीको विरोध गर्न लगाएर उहाँ उतै लाग्नुभयो ।’
नेकपा अध्यक्ष प्रचण्डनिकट रहेर उनी एक पटक कृषि मन्त्री वनेका थिए । मन्त्री चौधरीले जनताको भावनामाथि खेलेको अध्यक्षले आरोप लगाए । उनले मन्त्री चौधरीलाई चुनौती दिँदै भने, ‘आउनुहोस् तपाईंको पक्षमा धेरै कि मेरो पक्षमा जनमत धेरै। परिक्षण गरौं।’
गाउँपालिका अध्यक्ष चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेरि भन्न मन लाग्यो, तनहुँमा केपीलाई रामचन्द्रको च्यालेञ्ज, कैलालीमा गौरीशंकर र मेरो च्यालेन्ज ।’
मन्त्रीमा नियुक्त हुनभन्दा अघिल्लो दिनसम्म पनि गौरीशंकर चौधरी प्रचण्ड–माधव समूहमै थिए । तर, मन्त्रीको अवसर पाएपछि उनले गुट परिवर्तन गरेको गाउँपालिका अध्यक्ष चौधरीले आरोप लगाए । उनले प्रचण्डनिकट भएकै कारण प्रतिनिधिसभा सदस्यको टिकट पाएका पनि उनले वताए । टिकका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वसंविधान सभा सदस्य बीरभान चौधरीको पनि दाबी थियो । पछि बीरभान चौधरीलाई प्रदेश सभाको टिकट दिएर गौरीशङ्कर चौधरीलाई प्रतिनिधिसभामा चुनाव लडाइएको थियो ।