News राजनीति

चीनको हस्तक्षेप विरुद्ध प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानका संयोजक पक्राउ [भिडियोसहित]

चीनको हस्तक्षेप विरुद्ध प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानका संयोजक पक्राउ [भिडियोसहित]

नेपालमा चीनको राजनीतिक हस्तक्षेप वढेको भन्दै आईतवार नेपाल स्थित चाईना राजदुतावास अगाडि प्रदर्शन गरिएको छ ।

राष्ट्रिय एकता अभियानको अगुवाईमा साँझ ५ वजे वालुवाटार स्थित चाईना दुतावास अगाडि प्रदर्शन गरिएको हो ।

सार्वजनिक वसमा चढेर आएका करिव ९० जना प्रर्शनकारीले ‘चीनियाँ हस्तक्षेप बन्द गर, नेपाली राजनीतिक दललाई स्वतन्त्रता देउ, मिचेको भूमी फिर्ता गर, सगरमाथामाथी गिद्देदृष्टि नगाउ, सगरमाथा हाम्रो हो’ लगायतका नारा लगाएका थिए ।

नाराजुलुस सुरु भएपछि प्रहरीले प्रदर्शनकारी माथि धरपकड गरेको थियो । सो क्रममा राष्ट्रिय एकता अभियानका संयोजक बिनय यादवलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपालमा राजनितिक संकट गहिरिदै जाँदा चीनबाट उच्च तहका नेताको टोली आईतवार मात्रै ४ दिने नेपाल भ्रमणमा आएको छ । उनीहरु नेपालको राजनीतिमा हस्तक्षेप गर्न आएकाले विरोध गरिएको संयोजक यादवले वताए ।

चीनको अस्तक्षेपकै कारण नेपालमा राजनीतिक अस्थिरता सुरु भएको उनले वताए ।


 

विशेष