News अपराध सुरक्षा राजनीति

प्रचण्ड, माधव र झलनाथका पछाडि प्रधानमन्त्रीका गुप्तचर !

प्रचण्ड, माधव र झलनाथका पछाडि प्रधानमन्त्रीका गुप्तचर !

नेकपा दाहाल–नेपाल समुहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुस्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल सुरक्षा निकायको उच्च निगरानीमा परेका छन् । राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा पुर्वप्रधानमन्त्रीसमेत रहेका तीनै जनाका गतिविधि निगरानी गरिरहेको छ ।

नेकपा विभाजनपछि प्रधानमन्त्रीकै निर्देशनमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्चर)ले उनीहरुका गतिविधिविरुद्ध निगरानी सुरु गरेको श्रोतले जनाएको छ । संसद् विघटन गर्नुअघि नै आफूविरुद्ध बोल्ने सबै नेताहरुका क्रियाकलाप, उनीहरुले गर्ने भेटघाटलगायत गतिविधिविरुद्ध उच्च निगरानीमा राख्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको जनाईएको छ ।

गुप्तचर स्रोतका अनुसार विगतमा समेत उच्च नेताका निवासवरपर निगरानी रहँदै आएको र विभाजनपछि उनीहरुले गर्दै आएका भेटघाटका सूचना संकलन गर्न अझै सक्रियता बढाइएको छ । 

यस्तै प्रधानमन्त्री ओलीका गतिविधि नचुहाउनसमेत अन्य सुरक्षा निकायलाई निर्देशन दिइएको छ । प्रधानमन्त्रीका धेरैजसो भेटघाट पछिल्लो समय गोप्य राखिने गरेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयकै महातत छ । राष्ट्रिय अनुसन्धान विभागले सोझै प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्ने गरेको छ । सादा पोसाकमा परिचालित हुने राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले तीनजना नेताहरुको निवास वरपर खटिएका छन् ।

ओली र प्रचण्ड–माधव समूह एक–अर्काप्रति आक्रामक बन्दै आएका छन् । संसद् विघटनको विषय अदालतमा प्रवेश गरेको छ । 
 

विशेष