News

आईसीयूमा रहेका कोरोना संक्रमित शौचालयवाट फरार

आईसीयूमा रहेका कोरोना संक्रमित शौचालयवाट फरार

बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमित पुरुष शौचालयवाटै भागेका छन् ।

आइतबार बिहान ६ बजेतिर शौचालय जान्छु भनेर गएका बुटवल १३ का ५५ वर्षीया पुरुष आईसीयूमा लगाउने अस्पतालको कपडा र चप्पलसहित फरार भएको अस्पतालका कर्मचारीले जानकारी दिएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि गत वुधवारदेखि आईसीयूमा उपचाररत ति संक्रमित अस्पतालका कर्मचारीकै अगाडिवाट फरार भएका हुन । 

उनी अस्पताल नजिकैको जंगल हुँदै भागेर तिलोत्तमाको जानकीनगरस्थित पौवा होटेलमा पुगेर परिवारका सदस्यलाई फोन गरेको जानकारी प्राप्त भएको छ । 

त्यस लगत्तै उनको मोबाइल स्वीच्ड अफ भएको अस्पतालले जनाएको छ । अस्पताल श्रोतका अनुसार ती पुरुषले मानसिक रोगको औषधिसमेत सेवन गर्दै आएको खुलेको छ।

उनले शनिबार नै आफूलाई ठीक भएको भन्दै डिस्चार्ज मागेका थिए ।

विशेष