काबुलस्थित चिनियाँ जासुसी सेलका १० जना पक्राउपछि अफगानिस्तानले भन्यो - माफी माग्नुस्
काबुल । अफगानिस्तानले राजधानी काबुलमा रहेको एक आतंकवादी गतिविधि सञ्चालन गरिरहेको जासुसी सेलामा छापा हानेको छ । उक्त सेलमा छापा हान्दै १० जना चिनियाँहरुलाई नियन्त्रणमा लिउको पश्चिमी एशियाई देशका कूटनीतिज्ञ र सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
बेइजिङले अफगानिस्तानमा राष्ट्रपति असरफ घानी नेतृत्वको सरकारलाई उक्त मुद्दालाई ढाकछोप गरिदिन दबाब दिएपछि चिनियाँ गतिविधिबारे थप खुलासा भएको काबर र दिल्लीस्थित अधिकारीहरुले बताएका छन् ।
अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालय (एनडीएस) द्वारा जासुसी र आतंकवादी सेल सञ्चालन गरेको आरोपमा १० चिनियाँहरुलाई पक्राउ गरेको हो । उनीहरु चिनियाँ सुरक्षा मन्त्रालयसँग जोडिएको हुनसक्ने बताइएको छ । अफगानी सुरक्षा निर्देशनालयले १० डिसेम्बरमा उक्त अप्रेसन सुरु गरेको थियो ।
यस वर्ष पहिलो पटक अपगानिस्तामा जासुसी सेल सञ्चालन गरिरहेका चिनियाँ नागरिकहरु पक्राउ परेका हुन् । अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेनाहरु फिर्ता जाने बित्तिकै आफ्नो प्रभुत्वका लागि नेटवर्क विस्तार गर्ने योजनामा चीन रहेको पाइएको छ । काबुलका एक वरिष्ठ कूटनीतिज्ञका अनुसार पक्राउ परेका १० चिनियाँ नागरिकमध्ये दुई जना हक्कानी नेटवर्कसँगको सम्पर्कमा थिए ।
राष्ट्रपति असरफ घानीलाई उक्त घटनाको बारेमा जानकारी गराएका छन् । अफगानिस्तानको खुफिया एजेन्सीका पूर्व प्रमुख अम्रुल्लाह सालेहलाई अनुसन्धानको निरीक्षण गर्न र चिनियाँलाई संवेदनशीलताको दृष्टिकोणबारे अध्ययन गर्न निर्देशनसमेत दिइएको छ ।
पूर्वप्रमुख सालेहले काबुलका लागि चिनियाँ राजदूत वाङ युसँग चिनियाँ नागरिकको नियन्त्रण र घटनाको बारेमा जानकारी दिएका छन् । यदि बेइजिङले अन्तर्राष्ट्रिय मान्यता उल्लंघन गर्दै जासुसी गरेको र काबुलमाथि विश्वासघात गरेको स्वीकार गर्दै औपचारिक माफी मागे अफगान सरकारले चिनियाँ जासुसहरुलाई क्षमा दिनसक्ने अफगानी अधिकारीहरुले संकेत गरेका छन् ।
अन्यथा, अम्रुल्लाह सालेहले चिनियाँ राजदूतलाई भेटर अफगान सरकार उनीहरुलाई आपराधिक कारबाही अघि बढाउने जानकारी गराएका छन् ।
१० डिसेम्बरमा पहिलो चरणमा छापा मारेपछि एनडीएस टोलीले उनको घरबाट हतियार, गोली र बारुद र केटामिन पाउडर बरामद गरेको थियो । आतंकवाद विरोधी अधिकारीका अनुसार लीको बारेमा सोधपुछ गर्ने एनडीएस अधिकारीले उनले कुन्न र बदख्खन प्रान्तमा अल कायदा, तालिबान र उइगरहरुको बारेमा जानकारी संकलन गरिसकेका बयान दिएका छन् ।