News राजनीति

चीनियाँ टोलीलाई दाहाल–नेपालको जवाफः संसद पुनर्स्थापना भए ओलीसँग मिल्न तयार

चीनियाँ टोलीलाई दाहाल–नेपालको जवाफः संसद पुनर्स्थापना भए ओलीसँग मिल्न तयार

नेपालको पछिल्लो राजनीतिक संकट समाधान गर्ने उदेश्यले नेपाल आएको चीनियाँ टोलीलाई नेकपा दाहाल–नेपाल समुहका अध्यक्षद्वयले प्रधानमन्त्री ओली सच्चिएमा आफूहरु मिलेर अघि बढ्न तयार रहेको जवाफ दिएका छन् ।

दुवै अध्यक्षसँग छुट्टाछुट्टै भेट गरेको टोलीले प्रधानमन्त्री ओलीसँग मिलेर अघि बढ्न सहल्लाह दिएपछि दुवै अध्यक्षद्वय पुस्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले यस्तो जवाफ दिएका हुन् । ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय फिर्ता लिए आफुहरु मिल्न तयार रहेको उनीहरुको जवाफ थियो ।

करिब साढे ९ बजे खुमलटार पुगेको चिनियाँ टोलीले दाहालसँग करिब १ घण्टा वार्ता गरेको थियो । त्यसपछि चिनियाँ टोलीले अर्का अध्यक्ष माधवकुमार नेपालसँग वानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता गरेका हुन् । चिनियाँ टोलीका सदस्यहरुले नेकपाको एकतालाई कायमै राख्नको लागि सुझाव दिएका थिए । जवाफमा नेता नेपालले पहिला ओली सच्चिनु पर्ने धारणा राखेका थिए ।


नेकपाभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरेका थिए । त्यसपछि नेपालमा राजनीतिक संकट गहिरिदै गएपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आइतबार चार सदस्यीय टोली काठमाडौं आएको थियो ।

विशेष