कोरोना भाइरसको समाचार लेख्ने पत्रकारलाई ४ वर्ष जेल !
चीनको वुहानमा कोरोना भाइरसको महामारीबारे समाचार लेख्ने पत्रकारलाई स्थानीय अदालतले दोषी ठहर गरि चार वर्षको जेल सजाय तोकेको छ ।
चिनियाँ पत्रकार तथा पूर्व वकिल जाङ्ग जानलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो । ३७ वर्षकी उनी नागरिक पत्रकारलाई गएको मे मा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी केही महिना भोकहड्तालमा पनि बसेकी थिइन् । उनको स्वास्थ्य अवस्था कमजोर रहेको उनका वकिलले बताएका छन् ।
कोरोना भाइरसको उद्गमस्थल वुहानबारे समाचार लेखेकै कारण उनीसहित धेरै नागरिक पत्रकार चीनमा समस्यामा परेका छन् ।
उनी मे १४ मा वुहानबाट हराएकी थिइन् । त्यसको एक दिनपछि मात्रै उनलाई सांघाई प्रहरीले पक्राउ गरेको खुलेको थियो । उनीमाथि गएको वर्षको नोभेम्बरमा लेख, भिडियोसहितका माध्यमबाट गलत समाचार फैलाएको आरोप लगाइएको थियो ।