अव, आन्दोलनको सुनामीले केपी ओलीलाई वगाएर लैजान्छः माधव नेपाल
नेकपाका दाहाल–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले अव सुरु हुने आन्दोलनको सुनामीले केपी ओलीलाई वगाएर लैजाने वताएका छन् । ओलीको कदमविरुद्ध सडकमा आउँदा पञ्चायतविरुद्धको बुटवलमा भएको संघर्ष सम्झना आएको उनले बताए ।
‘मैले त्यहाँको सभालाई सम्वोधन गर्दै भनेको थिए–अव यहि आन्दोलने राजतन्त्रलाई फाल्छ। फालियो पनि’– उनले भने । निरंकुश केपी ओली एण्ड प्रवृत्तिको पनि आयु पुगेको उनले वताए । ‘पुस ५ गतेका दिन वामपन्थी भनिएका नेताले संविधान कुल्चेर प्रतिनिधिसभाको विघटन गरे । के त्यो राजनीतिक, संवैधानिक हिसाबले उचित छ ?’ उनले भने–‘हाम्रो आन्दोलनको चाहना अनुरुप छ ? जुनसुकै कोणबाट हेर्दा पनि त्यो निर्णय अनुपयुक्त छ । असंवैधानिक कदमलाई अस्वीकार गर्छौं।’
अध्यक्ष नेपालले ओली गणतन्त्रविरोधि भएको भन्दै यो व्यवस्थाप्रति उनलाई माया नभएको बताए । ‘कसरी ओलीले आन्दोलनको सन्दर्भ, गणतन्त्रको आन्दोलनका खिसिट्युरी गरेका थिए । उहाँले भन्नु भएको थियो वयलगाढा चढेर वासिङ्टन पुग्न सकिँदैन । महामहिम केपी ओलीले बोल्नु भएको थियो । त्यसकारण उहाँलाई गणतन्त्रप्रति माया छैन । परिवर्तनपछि माया छैन,’ नेपालले भने।