News राजनीति

प्रचण्ड भन्छन्– मलाई लाग्छ, केपी ओली गोटी भएका हुन्

प्रचण्ड भन्छन्– मलाई लाग्छ, केपी ओली गोटी भएका हुन्

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई मध्यावधि निर्वाचनको सपना नदेख्न आग्रह गरेका छन् । संसद् विघटनविरुद्ध मंगलबार भृकुटीमण्डपमा आयोजित सभामा उनले कांग्रेसतर्फ संकेत गर्दै यस्तो आग्रह गरेका हुन् ।

चुनाव हुन्छ भन्नेमा प्रधानमन्त्री केपी ओलीलाई समेत विश्वास नभएको आफनो जानकारीमा आएको वताएका दाहालले ‘हुँदा–खादाको बहुमत बिगार्नेले चुनाव गराउँछन् भन्नेमा विश्वास नगर्न पनि आग्रह गर्छु।’ वैशाखबाट उता ओली प्रधानमन्त्री नरहने र उनको पत्तासाफ हुने पनि प्रचण्डले बताए । वैशाखमा चुनाव नहुने उनले ठोकुवा पनि गरे ।


‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजन भएको र मध्यावधि निर्वाचन भइहाल्यो भने जितिहालिन्छ नि भनेर अलिअलि सपना देख्न खोज्या कुरा पनि सुनिन्छ,’ कांग्रेसतर्फ संकेत गर्दै उनले भने, “म ती साथीहरुलाई त्यस्ता सपना नदेख्न, दुस्वप्न हो भन्ठान्छु । यो हुनेवाला चुनावको घोषणा भएकै होइन । यति तथ्य भन्दाभन्दै पनि भ्रममा पर्यौ भने हामी बर्बाद हुन्छौं, नेपाल बर्बाद हुन्छ ।’ 


प्रचण्डले केपी ओलीलाई कसैले गोटिको रुपमा प्रयोग गरेको पनि आशंका गरे । ‘मलाई लाग्छ, केपी ओली गोटी भएका हुन् । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्’ दाहालले भने–‘नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाथ हुनेबाला छ ।’
 

विशेष