चीनमा नेपाली ब्यापारीको सुरक्षा भएन, आफनै सामान ल्याउन दलाललाई घुस [भिडियो अन्तरवार्ता]
![चीनमा नेपाली ब्यापारीको सुरक्षा भएन, आफनै सामान ल्याउन दलाललाई घुस [भिडियो अन्तरवार्ता]](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/username-4_4/2020/12/kami-dorje-tamang-01-nepalaaja.jpg)
चीनसँगको ब्यापार नाका रसुवागढि सिमापार ब्यापार संघका अध्यक्ष कामी नुर्पु तामाङले चीनसँगको ब्यापार असुरक्षित भएको वताएका छन् । चीनसँगको ब्यापार शारीरिक, मानसिक र आर्थिक सवै दृष्टिकोणले असुरक्षित भएको उनको भनाई छ ।
चीनका ब्यापारीले नेपालीहरुलाई ठग्ने, कुट्ने, दुब्र्यवहार गर्ने र भनेजस्तो सामान पनि नदिने गरेको तामाङले वताए । ‘सुरु–सुरुमा राम्रो सामान पठाउँछन्। तर, पछि–पछि गुणस्तरहिन सामान आउँछ’ उनले भने–‘हाम्रो सामान ठ्याक्कै भनेजति पनि आउँदैन।’
अर्डर गरेअनुसार जति लोड हुनुपर्ने हो त्यति समान नै नआउने गरेको पनि उनको गुनासो छ । ‘कोरोना संक्रमण सुरु भएपछि हामी जान पाउँदैनौं, एजेण्ट मार्फत सामान खरिद गर्ने हो’ उनले भने–‘कतिपय सामान गाडिमै चोरी हुन्छ। भद्रगोल अवस्था छ। सामानको कुनै सुरक्षा र ग्यारेण्टि छैन ।’ कतिपय कन्टेनरमा त रित्तो कार्टुन समेत आउने गरेको उनको भनाई छ । ‘एउटा सामान पठाउनु पर्ने ठाउँमा अर्को सामान पठाएका उदाहरण त कति छन् कति। खाली कार्टुन र खाली वोरा पनि पठाई दिन्छन’– उनले भने ।
कोरोना संक्रमण सुरु भएपछि चीनियाँहरुको दुब्र्यवहार भने सहनु नपरेको उनको भनाई छ । ‘यो वर्ष त हामी जान पाइनौ। यसअघि चै गाडि लिएर जाँदा चक्काको हावा खोली दिने, डाईभरलाई कुटिदिने समस्या त कति छ कति ?’ उनले भने–‘तर, हाम्रो कुरा कसैले सुन्दैन । उनीहरु केन्द्रका कुरा मात्र सुन्छन्, हाम्रो सरकारले कुनै वास्ता नै गर्दैन ।’
ब्यापारीहरुको ज्यान र सामानको सुरक्षाका विषयमा नेपाल सरकारले चाईना सरकारसँग समन्वय गर्नु पर्ने उनको आग्रह छ। ‘हामीले पैसा तिरेर किनेको सामानको सुरक्षा त हुनु पर्यो नी’ उनी भन्छन्–‘सिमा सुरक्षा वैठकमा पनि हाम्रो कुरा सुनुवाई हुँदैन । सिडिओसहित सुरक्षा प्रमुखहरु वैठकमा जान्छन, उनीहरुले हाम्रा समस्या वोल्दैनन्’ गुनासो गर्दै उनले भने–‘कमसेकम जनप्रतिनिधि र यहाँका विभिन्न समितिका प्रीतनिधिहरुलाई सहभागि गराए हामी आफना समस्या राख्थ्यौ ।’
सामान किन्न जादाँ कमसेकम इज्जत मात्रै गरे आफुहरु सन्तुष्ट हुने उनको भनाई छ । ‘हामी पैसा तिरर सामान किन्न जाने हो, उनीहरुको अगाडि झुक्नु पर्ने कारण त छैननी’ उनी भन्छन्–‘उनीहरुले हामीलाई सम्मान, इज्जत र सुरक्षा चै गर्नु पर्ने हो ।’
पर्याप्त सामान आएन
अध्यक्ष तामाङले नाकामा अहिले दैनिक ५ वटा कन्टेनर सामान मात्रै आउने गरेको र हजारौं ट्रक चीन तर्फ वाटोमा अलपत्र परेको वताए । ‘कोरोना संक्रमण सुरु हुनु भन्दा अगाडि दैनिक २ सय देखि २५० सम्म गाडि आउँथे। कोरोनाको कारणले पुरै वन्द भयो’ उनले भने–‘दुतावास, केन्द्र सरकारलगायतका सरोकारवाला निकाय सवैसँग कुरा गरिसक्यौ, गाडि थपिने सम्भावना देखिएन।’
सरकारले जति सक्दो छिटो चीनसँगका नाका सुचारु गराउने र सिलन्यास समेत भईसकेको वाटो निर्माण गर्ने कार्यमा पहल गर्नु पर्ने उनको माग छ । ‘नाका खुलेको छैन, वन्ने भनेर ठेक्का लागेको वाटो पनि वनेन’ उनले भने–‘सुख्खा वन्दरगाहा वनाउने भनेर जनताले ५८ रोपनी जग्गा दिएका छन्, त्यसको पनि काम सुरु हुने अत्तोपत्तो छैन ।’
सामान सहज रुपमा आउने वातावरण वनाउन र नेपाली गाडि र ब्यापारीहरु केरुङ्गसम्म जान पाउने ब्यवस्था मिलाउन उनले माग गरे । ‘कुटनितिक पहल गरेर नाका सुचारु होस। हाम्रो गाडि केरुङ्गसम्म जान पाउने ब्यवस्था गरियोस’ उनले भने–‘सामानको सुरक्षाका लागि ब्यापारीहरुको एक जना प्रतिनिधि केरुङ्गसम्म जान पाउने ब्यवस्था गरिदिए राम्रो हुन्थ्यो।’
आफनो सामान चीनियाँ दलाललाई घुस
चाईनाको सरकारी तहवाटै नेपाल प्रवेश गर्ने कन्टेनरमा कोटा सिस्टम सुरु भएपछि छिटो सामान पठाई दिने वहानामा दलालहरुले पैसा असुल गर्न थालेको तामाङ्गले जानकारी दिए । चाईनिज दलालकै कारण गाडि भाडा र खर्च वढेर नाफा भन्दा पनि पुजीमै घाटा लाग्ने अवस्था आएको उनको भनाई छ ।
दलालले ब्यापारीहरुसँग पैसा माग्ने र नदिए सामान लोड हुनै नदिने गर्न थालेपछि अहिले एउटै कन्टेनरमा करिव १० लाख रुपैयाँ खर्च वढेको उनी वताउँछन् । ‘पहिला करिव ८ हजार आरएमवी (करिव डेढ लाख) खर्चमा केरुङ्गसम्म सामान आउँथ्यो। अहिले त्यहि खर्च ८० हजार आरएमवी (करिव १५ लाख) सम्म पुगेको छ’ उनले भने–‘दलाललाई जसले पैसा वढि दिन्छ उसको सामान लोड हुन्छ। पैसा दिन नसक्नेको सामान चाईनामै रहन्छ।’
केरुङ्गदेखि रसुवासम्मको २४ किलोमिटर वाटोकै लागि अहिले १० लाख रुपैयाँभन्दा वढि खर्च लाग्ने गरेको उनले सुनाए । ‘पहिला १ लाख भाडामा सामान केरुङ्गदेखि काठमाण्डौसम्म पुग्थ्यो। अहिले १० लाख रुपैयाँले त २४ किलोमिटर पनि आउँदैन ।’ उनी भन्छन्–‘सरकारले त्यो विषयमा सम्वन्धित निकायसँग कुरा गर्नु पर्ने हो, तर कसैले ठाडा कान लगाउँदैन।’
रसुवागढि सिमापार ब्यापार संघका अध्यक्ष कामी नुर्पु तामाङसँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोला।
यो पनि
चीनको वदमासीः ३ सय कन्टेनर आउने नाकामा ३ वटा कन्टेनर मात्रै जाँचपास
नेपालीसँगको सम्वन्ध छुटाउँन चीनले खासाको वस्ती नै उठायो
चीनियाँ नाकामा सास्तीः चिनियाँहरुलाई घुस नदिए सामान पठाउँदैनन्
चीनको अघोषित नाकावन्दीका कारण तातोपानी नाका सुनसान, सामान आयात निर्यातमा अवरोध
‘चाईना नाकावन्दी’को असरः रसुवामा सर्वसाधारणको विचल्ली, ६ सय श्रमिक विस्थापित
एमसिसी मार्फत अमेरिकी प्रभाव बढ्ने देखेपछि नेपालमा चिनियाँ नाकाबन्दी