बेलायतमा फाइजर र बायोएनटेकले बनाएको कोरोना खोप प्रयोग गर्न अनुमति
बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोभिड–१९ (कोरोना भाइरस) खोपलाई प्रयोगमा ल्याउन अनुमति दिएको छ । बेलयातको निमायक संस्था मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलटरी एथोरिटी (एमएचआरए) ले फाइजर र बायोएनटेकले संयुक्तरुपमा बनाएको खोप प्रयोगका लागि सुरक्षित भएको जनाएको छ ।
फाइजर र कायोएनटेकले बनाएको खोप ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको बताइएको छ । यो खोपलाई केही दिनभित्रै प्रयोगमा ल्याउने जनाईएको छ।
बेलायतले दुई करोड नागरिकका लागि चार करोड डोज खोप खरिद गर्ने पनि जनाएको छ । त्यसमध्ये ८ लाख डोज बेलायती नागरिकका लागि केही दिनमै उपलब्ध हुने बताइएको छ ।
बेलायती नागरिकहरुलाई खोप लगाउनका लागि ५० अस्पताललाई तयारी अवस्थाका राखएको छ भने सम्मलेन केन्द्र लगायतका अन्य स्थानहरुलाई पनि खोप केन्द्रमा विकसित गरिदैछ ।
यो खोप विकास गरी प्रयोगमा आउन करिब १० महिना मात्र लागेको बताइएको छ । जबकी सामान्यतय एउटा खोप विकासको चरण पार गरी प्रयोगमा आउनेगरी तयार हुन १० वर्षसम्म लाग्ने गरेको थियो ।
बीबीसीको सहयोगमा