उखुको भुक्तानी माग्न आएका किसानले ज्यानै गुमाए !
उखुको भुक्तानी माग गर्दै काठमाडौंको माइतीरमा आन्दोलनरत गरीरहेका एक आन्दोलनकारीको मंगलवार विहान मृत्यु भएको छ । सलार्हीका किसान ६४ वर्षीय नारायण राय यादवको हृदयघातका कारण निधन भएको हो ।
छाती दुखेपछि यादवलाई चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना गरिएको थियो । केल्पिङ ह्यान्ड्सले अवस्था नाजुक रहेको वताएपछि उनलाई गंगालाल अस्पतालममा रिफर गरेकोमा उपचारकै क्रममा निधन भएको हो ।
यादवले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६३ हजार रुपैयाँ लिनुपर्ने थियो । ४ दिनअघि उनले अन्नपूर्ण मिलबाट १ लाख ६० हजार रुपैयाँ मात्र पाएका थिए । उनले बैंकबाट १८ लाख रुपैयाँ ऋण लिएका छन् । ब्याजसहित उनले बैंकलाई तिर्नुपर्ने रकम करिब २२ लाख पुगेको उनका नातेदार महिन्द्र राय यादवले जानकारी दिए ।
उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार आन्दोलनपश्चात उनी बासबस्न जोरपाटी जान्थे । ‘राति एक्कासि हृदयघात भयो,’ मिश्रले भने, ‘दुःखद समाचार सुन्न प¥यो ।’
उखु किसानहरु मसिर २८ गतेदेखि आन्दोलन गरिरहेका छन् । संघर्ष समितिले सोमबार सरकारसँग ४ बुँदे सहमति गरेपछि मगलबारदेखि आन्दोलन स्थगित भएको छ ।