News राजनीति

ओलीको तानाशाहका कारण सडकमा आउन वाध्य भयौंः खनाल

ओलीको तानाशाहका कारण सडकमा आउन वाध्य भयौंः खनाल

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको तानाशाहका विरुद्ध सडकमा आउनु परेको वताएका छन् । उनले ओलीको प्रतिगामी कदमका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताए।

भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै नेता खनालले भने, ‘ओलीजस्ता तानाशाहले संविधानमाथि बलात्कार गरे, लोकतन्त्रमाथि प्रहार गरे । त्यसैले सडकमा आउन बाध्य भएका हौं ।’

उनले नेपालका पत्रकारहरुले लोकतन्त्रका लागि खेलेको भुमिकाको पनि स्मरण गरे । आज पनि पत्रकारहरुको काँधमा लोकतन्त्र वचाउने कार्यभार आईपरेको भन्दै उनले एकतावद्ध भएर अगाडि वढन सवैलाई आग्रह गरे । कांग्रेस, जसपा लगायतका पार्टी पनि लोकतन्त्रको र संविधानको रक्षाका लागि संघर्षमा रहेकाले ति आन्दोलनमा खनालले ऐक्यवद्धता जनाए ।

विशेष