माधव नेपाल भन्छन्–वालुवाटारको वालुवा पेलेर तेल निस्कियो भने स्यावास भनौला
नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समुहका अध्यक्ष माधवकुमार नेपालले निरंकुश केपी ओलीको आयु पुगेको बताएका छन् । ओलीविरुद्ध संघर्षमा आउँदा आफूले पञ्चायतविरुद्धको संघर्ष सम्झिएको नेता नेपालले बताए ।
भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै नेता भने–‘हामीले वहाँलाई अझै पनि मौका दिएका छौ । केन्द्रिय सदस्यवाट हटाएको छैन ।’ अहिले पनि संसद पुनरस्थापना गर्न तयार भए आफुहरु मिलेर अघि वढड्न तयार रहेको उनले वताए । ‘तर, अहिले पनि सोहि वाटो हिड्ने हो भने भिरवाट लड्ने गाईलाई राम राम भन्न सकिन्छ, काँध थाम्न सकिदैन’– उनले भने।
अव ओली र ओली प्रवृत्तिको नास गर्नु पर्ने समय आएको उनले वताए । केहि साथीहरु अहिले पनि उनलाई सच्याउन लागि परेको जनाएका नेपालले ओलीलाई सुधारेर कहिलै नसकिने दावी पनि गरे । ‘तपाईहरु प्रयास गर्नोस । वालुवाटारको वालुवा पेलेर तेल निस्कियो भने म स्यावास भन्छु’ उनले भने–‘कुकुरको पुछर सिधा भए छ भने स्वायावास भन्छु ।’