प्रचण्डलाई मन्त्री भट्टको प्रश्न– पार्टी केका लागि जुट्यो? र केका लागि फुट्यो ?
केपी ओली पक्षको नेकपाका स्थायी समिति सदस्य एवम् उद्योगमन्त्री लेखराज भट्टले आफु समस्यामा पर्दा माओवादी एक हुनुपर्छ भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनका घाइतेलाई नसम्झिएको आरोप लगाएका छन्।
केपी ओली समूहले बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले यस्तो वताएका हुन् ।
‘प्रचण्ड अहिले भन्दै हुनुहुन्छ माओवादी एक ठाउँमा हुनुपर्छ’ उनले भने–‘त्यसो भए माधव नेपाललाई यहाँ पठाइदिनुप¥यो।’ एमाले र माओवादी इतिहास भइसकेको र आजको नेतृत्व केपी ओली भएको भट्टले बताए।
प्रचण्ड जहिले पनि पार्टी र देशमा महाविपत्ती ल्याउने व्यक्ति भएको भट्टको दावी छ । ‘उहाँमा वैचारिक विचलन आएको छ’ उनले भने–‘उहाँले जहिल्यै महाविपत्ति मात्रै ल्याउनुहुन्छ।’ प्रचण्ड यदि देशका लागि राजनीति गर्ने नेता भए ‘पार्टी केका लागि जुट्यो? र केका लागि फुट्यो?’ भन्दै उनले प्रश्न गरे ।